Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फोहोर बिक्रीका लागि काठमाडौँ महानगरपालिकाले गर्यो प्रस्ताव आह्वान

  •   ३ वर्ष अघि | ९ चैत्र २०८०, शुक्रबार

चैत ९, काठमाडौँ । फोहोर बिक्रीका लागि काठमाडौँ महानगरपालिकाले प्रस्ताव आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै महानगरले ३० दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।  सुख्खा फोहोर खरिदका लागि आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्महरूले प्रस्ताव गर्न सक्ने महानगरले जारी गरेको सुचनामा जनाइएको छ । 

महानगरले विभिन्न वडाबाट टेकु ट्रान्सफर स्टेसनमा दैनिक रूपमा सङ्कलन हुने सुख्खा फोहोरको बिक्रीका लागि प्रस्ताव आह्वान गरेको हो । 

आगामी बैशाख १० गते दिउँसो २ बजे कार्यालयको वातावरण व्यवस्थापन विभागमा कर्मचारी एवं उपलब्ध प्रस्ताव दाताहरूको रोहवरमा प्राप्त प्रस्तावहरू खोलिने महानगरले जनाएको छ । काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट यस विषयमा थप जानकारी लिन सकिनेछ ।


  • न्युज बहार संवाददाता

थप