पुस २०, काठमाडौँ
। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने
निर्णय काठमाडौँ भ्याली मेयर्स फोरमको छैटौँ बैठकले गरेको छ । गोकर्णेश्वर
नगरपालिकाको आयोजनामा बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
ललितपुर
महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनका अनुसार नेपाल सरकार र नेपवेस्टको बीचमा
२०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेस्टमेन्ट
बोर्डले काठमाडौँ महानगरपालिकालाई कार्यान्वयनका निमित्त पठाए पनि महानगरपालिकाले
सरकारलाई नै फिर्ता पठाइसकेकाले सरकारले नै फोहोर व्यवस्थापनको बाँकी काम गर्न
आग्रह गर्ने निर्णय बैठकमा भएको हो ।
- न्युज बहार संवाददाता