चैत २, काठमाडौँ। आज जसपा - जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ। पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको जानकारी दिएका हुन।
जसपाकी शहनाज रहमानको निधन प्रश्चात प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त भएको र मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बिहान ११ बजे बस्ने भएको छ।
- न्युज बहार संवाददाता