पुस ८, काठमाडौँ । मीन घलेको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालिएको छ । उक्त निष्कर्ष १४ किलो सुन तस्करी प्रकरणमा गठन भएको छानबिन समितिले निकालेको हो । यस निष्कर्षसँगै समितिले प्रतिवेदन बुझाएको छ ।
दुवईमा
तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग घलेले सम्पर्क राखी नेपालमा सुन
तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको समितिले निष्कर्ष निकालेको छ । पटक–पटक दुवईबाट घले स्वयं तथा
चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेतले सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न
आएको समितिको भनाइ छ ।
समितिका अनुसार
पटक पटक
गरी चन्द्र घले, मिन बहादुर घले र कृष्ण कुमार श्रेष्ठले गरी
जम्मा १३८ केजी सुन ल्याई विमानस्थलबाट सेटिङ्ग मिलाई वाहिर ल्याउने गरेको थियो ।
यसै प्रकृयामा
पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी सुन मात्र पक्राउ परेको हो ।
- न्युज बहार संवाददाता