चैत २, काठमाडौँ
। माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई सुन तस्करीमा संलग्न आरोपमा
नेकपा मुद्दा चलाउन सिफारिस गरिएको छ । पूर्व सभामुख समेत रहेका महरालाई मुद्दा
चलाउन सुनको अवैध पैठारी अर्थात तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सिफारिस
गरेको हो ।
सुनको
अवैध पैठारी अर्थात तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधान
एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो ।
जाँचबुझ
आयोगका अनुसार इलेक्ट्रिक चुरोट भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता
देखिएको हो । आयोगले पूर्व महरालाई पुन: अनुसन्धान गरेर मुद्दा चलाउन सिफारिस
गरेको गृह मन्त्रालयका अधिकृतले जनाएका छन
- न्युज बहार संवाददाता