बैशाख १३, काठमाडौं । उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको नेपाली कांग्रेसका महामन्त्री समेत रहेका विश्वप्रकाश शर्माले बताएका छन् । उनले यो सन्देश अनुरुप आफूलाई बदल्ने र नयाँ ढंगले जुट्ने समेत बताएका छन् ।
महामन्त्री शर्माले आजसामाजिक सञ्जाल ट्वीटर आफ्नो विचार राख्दै लेखेका छन्, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ, देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ।’
मतदाताको प्रत्येक मतलाई सम्मान गर्ने बताउँदै उनि अगाडी लेख्छन, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी।’
- न्युज बहार संवाददाता