Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ललितानिवास प्रकरणमा : सर्वोच्च भन्यो तिनै जनाको थुना गैरकानुनी हैन।

  •   ३ वर्ष अघि | ५ साउन २०८०, शुक्रबार

साउन ५, काठमाडौँ । ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहित तीन जनालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो ।

यही असार १३ मा हदम्याद नाघिसकेको घटनाको अनुसन्धानमा आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै उनीहरु बन्दी प्रत्यक्षीकरणको रिट लिएर ललितानिवास प्रकरणमा सर्वोच्च अदालत गएका थिए ।

तर आज न्यायाधीशद्वय ढुंगाना र सुवेदीको संयुक्त इजलासले थुना गैरकानुनी नभएको ठहर गरेको छ । उनीहरु माथी सरकारी छाप दस्तखत किर्ते र संगठित अपराधको कसुसको अनुसन्धानका सिलसिलामा पक्राउ पूर्जी जारी भएको र जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद लिएर अनुसन्धान भइरहेकाले थुना गैरकानुनी नभएको न्यायाधीशद्वय ढुंगाना र सुवेदीको संयुक्त इजलासले ठहर गरेको छ ।

  • न्युज बहार संवाददाता

थप