असार १७, विराटनगर । कोशी प्रदेशमा आज प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गर्ने तयारी रहेको छ।
प्रदेशको एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागी आव्हान गर्ने तयारी भएको हो। नयाँ सरकार गठनका लागी आव्हान गर्नु अघि प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरूसँग परामर्श लिएका छन।
त्यसैगरी प्रदेश प्रमुखले आज सरकार गठनको आव्हान गर्ने तयारी गरिरहदा एमाले, कांग्रेस, माओवादीलगायतका नेताहरु बहुमत जुटाएर सरकार बनाउन छलफलर भेटवार्ताका लागी राजधानी काठमाडौँ पुगेमा छन् ।
- न्युज बहार संवाददाता