कात्तिक २, काठमाडौँ । गृहमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । उनी अहिले चीन भ्रमणमा रहेका छन ।
चिनमा हुँदानै उनको स्वास्थ्यमा समस्या देखिएपछि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन् ।
उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको जानकारी गराएका छन ।
स्वकीय सचिव श्रेष्ठका अनुसार उनलाई अहिले निगरानीका लागि आईसीयूमा राखिएको छ ।
- न्युज बहार संवाददाता