कात्तिक १४, काठमाडौँ । आज बिहान औपचारिक नेपाल
भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल
लुम्बिनी जाने भएका छन ।
गुटेरेस आज
बिहान पोखराबाट लुम्बिनी जान लागेका हुन् ।
मंगलबार
बिहान ८:३५ मा महासचिव गुटेरेस भैरहवास्थित
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकोप्टरमा बिहान ८ : ५०
बजे लुम्बिनी पुग्ने जनाएको छ ।
लुम्बिनीमा
प्रधानमन्त्री पुष्पकमल दाहाल, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री
डिल्लीबहादुर चौधरी, लुम्बिनी
विकास कोषका पदाधिकारीले गुटेरेसलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।
- न्युज बहार संवाददाता