जेठ १४, काठमाडौँ। सरकारले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको
छ। टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई आममाफी दिन सरकारले
सिफारिस गरेको हो।
सूचना तथा
सञ्चार प्रविधि मन्त्री रेखा शर्माले आज आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद
बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी
दिएकी छन्।
- न्युज बहार संवाददाता