बैशाख २७, काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्।प्रहरी उच्च स्रोतले पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता खाणलाई बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको जानकारी दिएको छ।
प्रहरीले पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि पक्राउ गरेको जानकारी दिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले बालकृष्ण खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो। सोही आधारमा अनुसन्धानको लागी उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
- न्युज बहार संवाददाता