मंसिर
२०, काठमाडौँ । एनसेलको सेयर बिक्री प्रकरणबारे १५ दिनभित्र विस्तृत जानकारी दिन अर्थ
समितिले आज निर्देशन दिएको छ । १५ दिनभित्र एनसेलको सेयर बिक्रीबारे विस्तृत
जानकारी दिन आज बुधबार बसेको समितिको बैठकले निर्देशन दिएको हो ।
समितिकी
सचिव रेखा उपाध्याय खनालका अनुसार बिक्रीबारे अभिलेख आइनपुगेको दूरसञ्चार
प्राधिकरणको भनाइपछि १५ दिनको समय दिएको हो ।
खनालले
भनिन्, ‘प्राधिकरणका
अध्यक्षले कागजात मगाएको बताएपछि १५ दिनभित्र सम्पूर्ण जानकारी दिन मौखिक निर्देशन
दिइएको छ।’
- न्युज बहार संवाददाता