साउन २५, काठमाडौँ । नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ५ जनालाई पक्राउ गरेको छ ।
सांसद् सुनिल शर्मासहित सीआईबीले चलाएको अपरेसन ‘फोक्सट्रोट चार्ली’ मा अन्य चार जना पक्राउ परेका छन ।
पक्राउ पर्नेहरुमा सांसद् सुनिल शर्मा, त्रिवि शिक्षण अस्पताल मा कार्यरत डा. अमित चौधरी, पिपरा–८, रौतहटका डा. रामबाबु यादव, डा. एरिना शाह र महोत्तरीका डा. रञ्जितकुमार यादव रहेको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिएकि छिन ।
- न्युज बहार संवाददाता