Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नक्कली भुटानी शरणार्थी प्रकरण, सन्दीप रायमाझीसहित ६ जना रिहा

  •   ३ वर्ष अघि | २१ मंसिर २०८०, बिहिबार

मंसिर २१, काठमाडौँ । कारागारबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना रिहा भएका छन् । साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी र उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र रिहा भएका हुन।

केन्द्रीय कारागारका जेलर ललित बस्नेतका अनुसार ६ जनालाई थुनामुक्त गरिएको हो । धरौटी तिरेर रिहा हुनेमा नरेन्द्र केसी, शमशेर मियाँ, रामशरण केसी, हरिभक्त महर्जन र सन्दीप रायमाझी रहेका छन् ।

सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । प्रकरणमा टोपबहादुर रायमाझी भने नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामै रहेका छन् ।

मङ्सिर १५ मा उच्च अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो । धरौटीमा छाड्न आदेश भएतापनि भुटानी शरणार्थी नेता टेकनाथ रिजालचाहिँ थुनामै रहेका छन । उनले धरौटी बुझाएका छैनन् । अदालतले रिजाललाई १५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो । 

  • न्युज बहार संवाददाता

थप