चैत २८, काठमाडौँ
। आज राष्ट्रियसभाको उपाध्यक्ष पदकालागि निर्वाचन हुँदै छ । मंगलबार दुई जनाले उपाध्यक्षका
लागि उम्मेदवारी दर्ता गराएका थिए ।
उपाध्यक्षका
लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट छुट्टाछट्टै
उम्मेदवारी दर्ता भएको हो ।
विमला
घिमिरेले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएकी थिइन् भने विष्णुदेवी
पुडासैनीले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन ।
- न्युज बहार संवाददाता