पुस १, काठमाडौँ
। आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज
राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको छ ।
आयोगका
सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दर्ता भएका १२ दललाई चुनाव चिह्न
प्रदान गरिने जानकारी दिएका हुन । आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि
पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा रहेको
छ ।
- न्युज बहार संवाददाता