जेठ ५, काठमाडौँ
। संसद्मा अवरोध खुलाउने विषयमा आज पनि प्रयास जारी रहने छ। आज प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने जनाएका
छन् ।
आज कांग्रेसका
सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू प्रधानमन्त्रीको निमन्त्रणामा प्रधानमन्त्री
निवास बालुवाटार जाने तयारीमा रहेका छन ।
कांग्रेस
प्रमुख सचेतक रमेश लेखकका अनुसार शनिबार बिहान साढे ८ बजे प्रधानमन्त्रीसँग
भेटघाटको समय तय भएको हो ।
- न्युज बहार संवाददाता