बैशाख २६, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भइरहेको छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी रहेका छन् ।
अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले प्रधानमन्त्रीको बोलावटमा नेताहरू बालुवाटार पुगेको जानकारी दिएका छन । बजगाईंले आजको बैठकमा समसामयिक विषयमा छलफल हुने जनाएका छन ।
- न्युज बहार संवाददाता