साउन २३, काठमाडौँ । आज बिहान शीर्ष नेताहरुबीच छलफल हुने भएको छ । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण उत्पन्न अबरोध अन्त्य गर्नका लागी शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो ।
बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुने भएको हो ।
- न्युज बहार संवाददाता