चैत ४, काठमाडौँ
। नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासहित निजामती तथा प्रहरी
कर्मचारीलाई तत्काल कारबाही गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन
दिएका छन् ।
आज आइतबार
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवाली, प्रहरी
महानिरीक्षक वसन्त कुँवर र गृह सचिव एकनारायण अर्याललाई सुन तस्करी नियन्त्रण
सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो
निर्देशन दिएका हुन् ।
मन्त्री
लामिछानेले मन्त्रालयमा आयोजित भेटघाट कार्यक्रममा बाँसबारी छाला जुत्ता कारखानाको
दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु
गर्न समेत निर्देशन दिएका छन् ।
यस सँगै लागि
बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा विनोद चौधरीसहितलाई अनुसन्धान
प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिन सक्ने देखिएको
छ ।
- न्युज बहार संवाददाता