चैत
१९, काठमाडौँ। आन्दोलनरत मिटरब्याज पीडितलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री
नारायणकाजी श्रेष्ठले माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन्।
उनले
अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या
समाधान हुनेमा विश्वास व्यक्त गरेका छन।
समस्या
समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरु मिटरब्याज पीडितहरु गृहजिल्ला फर्कने
तयारीमा रहेकाछन्। उपप्रधानमन्त्री एवं गृहमन्त्रीले पीडितहरुको अवस्था बुझ्दै भने, ‘तपाईंहरु ढुक्क भएर घर फर्किनुहोस् ।
तपाईंका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै
समय लाग्दैन।’
घर फर्किनुअघि मिटरब्याजि पीडितहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ।
पीडितहरु आश्रय लिइरहेकै स्थान गुम्बा हलमा पुगी वीर अस्पतालको टोलीले परीक्षण गरेको थियो।
- न्युज बहार संवाददाता