असार २७, काठमाडौँ। काठमाडौँ महानगरपालिका भवन अगाडी आज प्रदर्शन भएको छ। महानगर कार्यतलयको अगाडी आज ठेलागाडालगायत साना व्यापारीहरूले आफुहरुलाई उचित व्यवस्थापन गर्न माग गर्दै प्रदर्शन गरेका हुन।
बुधबार बिहान ‘गरिबको चमेली’ भन्ने गीत गाउँदै स्वतन्त्र युवाहरू लगायत साना व्यापारीहरुले प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उत्रीएकाहरुले महानगरको प्रहरीले ठेलागाडालगायत साना व्यापारीलाई दु:ख दिने गरेकोमा विरोधसमेत गरेका जनाएका छन।
उनीहरूले महानगरले साना व्यापारीहरूलाई व्यापारका लागि उचित व्यवस्थापन मिलाउनुपर्ने माग समेत गरेका छन।
- न्युज बहार संवाददाता