पुस ९, काठमाडौँ । सनतन धर्मावलम्बी समूहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
सुदन किरातीको अभिव्यक्तिको विरोध जनाउँदै काठमाडौँमा प्रदर्शन गरेको छ ।
समूहले
काठमाडौँको बानेश्वरमा गत बुधबार मन्त्री किरातीले दिएको अभिव्यक्ति गैरसंवैधानिक
भएको भन्दै प्रदर्शन गरेको हो ।
मन्त्री
किरातीले बुधबार क्रिसमस फेस्टिभलमा ‘क्रिश्चियन मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधाना नमान्ने देशद्रोही हुन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।
यसैको
विरोधमा आज प्रदर्शन भइरहेको छ ।
- न्युज बहार संवाददाता