कार्तिक
२५, काठमाडौँ । भूकम्पपीडितका लागि राहत लिएर उपप्रधानमन्त्री तथा रक्षामन्त्री
पूर्णबहादुर खड्का रूकुम पश्चिम पुगेका छन्।
उनका सचिवालयका अनुसार उनी आज
विहान करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर सुर्खेत विमानस्थलबाट
प्रभावित क्षेत्र पुगेका हुन छ।
भूकम्प प्रभावितले समयमै राहत
नपाएको विषयमा सरकार गम्भीर भएको भन्दै उपप्रधानमन्त्री खड्काले आइतबारसम्म सबै
पीडितलाई तत्कालीन राहत सामग्री पुर्याउने गरी काम भइरहेको बताएका छन।
- न्युज बहार संवाददाता