चैत १९, काठमाडौं । बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय नेपाली कांग्रेसले गरेको छ ।
उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरि आज आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको हो ।
चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।
- न्युज बहार संवाददाता