असार ३०, काठमाडौँ। आज शनिबार दिउँसो १ बजे नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ।
प्रमुख प्रतिपक्षी दल समेत रहेको नेकपा (एमाले)को सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बस्ने जनाइएको छ।
आज बस्ने बैठकमा पार्टी संगठनात्मक कामको अवस्था, समसामयिक राजनीतिक परिस्थिति, अभियानको विषयमा छलफल हुने उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिएका छन।
- न्युज बहार संवाददाता