चैत १८, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।
प्रधानमन्त्री
केपी शर्मा ओली भोली थाइल्यान्ड जाने कार्यक्रम रहेको छ । त्यसैले भ्रमणमा जानुअघि
बस्न लागेको बैठकले नियमित प्रशासनिक विषयका साथै केही महत्त्वपूर्ण निर्णय समेत
गर्ने अनुमान गरिएको छ ।
आजको
बैठकमा विशेषगरी तीनकुने घटनाका सम्बन्धमा सरकारले छानबिन समिति बनाउने सम्भावना
रहेको एक मन्त्रीले जानकारी दिएका छन ।
सांसदहरुले आज सोमबार बसेको
प्रतिनिधिसभा बैठकमा उक्त घटनाबारे छानबिन गर्न समिति बनाउन आग्रह गरेका थिए ।
- न्युज बहार संवाददाता