मंसिर ११, काठमाडौँ । सोमबार गौशालामा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित भएका थिए ।
आचार्य श्रीनिवासले आफ्ना समर्थकसहित गएर प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा उग्र अभिव्यक्ति दिएका छन् । आचार्य श्रीनिवासले आएर उग्र अभिव्यक्तिसँगै गेरुवस्त्रमा त्रिसुलसहित सडक अबरुद्ध पार्न खोजेपछि उनलाई प्रहरीले लगत्तै पक्राउ गरेको छ ।
उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुखले जानकारी दिएका छन । प्रमुखका अनुसार भिडलाई उग्र बनाएपछि आचार्य श्रीनिवासलाई नियन्त्रणमा लिइएको हो ।
- न्युज बहार संवाददाता