असोज ३, काठमाडौँ
। आज देशभर संविधान दिवस, २०८०
विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विदेशस्थित कूटनीतिक नियोग, देशभरका सरकारी तथा निजी कार्यालय, नागरिक समाज, राजनीतिक दल, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम
गरी आज संविधान दिवस मनाउँदैछन् ।
आज बिहान
संविधान दिवससम्बन्धी टुँडिखेलमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र
पौडेल सहभागी हुने भएका छन । २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र
नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । आज संविधान
निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।
- न्युज बहार संवाददाता