बैशाख १८, काठमाडौँ । मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिदैँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मजदुर वर्गका समस्यालाई समाधान गरेर उनीहरूको हक र हितको संवर्द्धन गर्न नेपाली कांग्रेस सदैव लागिरहने बताएका छन।
आज मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उनले शुभकामना सन्देशमार्फत नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभ–कामना व्यक्त गरेका छन् ।
- न्युज बहार संवाददाता