चैत २०, काठमाडौं । आगमी वैशाख १० गते हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ।
उन्मुक्ति पार्टीले आँफु सत्तारुढ १० दलीय गठबन्धनमा रहे पनि अन्य कुनै दललाई समर्थन नदिने जनाएको छ। यस कारणले पार्टीले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।
पार्टीका नेता लक्ष्मण थारुका अनुसार चितवन–२ मा राजेश अधिकारी, तनहुँ– १ बाट भीम सुनार र बारा–२ मा रामचन्द्र चौधरीलाई पार्टीले उम्मेदवार बनाउन लागेको र सोमवार यसका लागी सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी समेत दर्ता गर्ने छ। आज बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको कार्य तालिका रहेको छ।
- न्युज बहार संवाददाता