चैत
७, काठमाडौँ। आज बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरूद्ध नाराबाजी भएको छ।
आज मंगलबार
बानेश्वरमा तीन जना युवाले प्रधानमन्त्री प्रचण्ड ५८ औं अन्तर्राष्ट्रिय जातीय
भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा जाँदै गर्दा प्रधानमन्त्रीविरूद्ध
नाराबाजी गरेका हुन्।
एक
युवाले कार्यक्रममा प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न दिनुस भन्दै प्रहरीलाई
आग्रह गरेका थिए तर प्रहरीले ती युवालाई
समाउन खोज्यो र त्यी युवाले आफुलाई आफ्नो कुरा राख्न नदिई समात्न खोजे पछी 'आतंककारी प्रचण्ड मुर्दावाद' भन्दै नारा लगाएर विरोध गरेका थिए। यसै
क्रममा अर्को एक जना युवाले 'प्रहरीले मुख बन्द गर्न पाइँदैन' भन्दै नारा लगाए।
त्यसपछी दुवै
जना युवालाई प्रहरीले समातेर गाडीमा राख्दै गर्दा दुवै जना युवाले 'मूल्यवृद्धि खारेज गर', 'गरिब मारा प्रचण्ड मुर्दावाद', 'नालायक सरकार होसियार', 'युवालाई मार्न पाइँदैन यस्तो सरकार
चाहिँदैन', '७७
जिल्लाका युवा एक हौं' भन्दै
नाराबाजी गरेका थिए।
उनीहरूलाई
प्रहरीले नियन्त्रणमा लिएसँगै प्रधानमन्त्री दाहाल कार्यक्रम स्थलमा पुगेका थिए।
प्रधानमन्त्री
दाहाल कार्यक्रम स्थलमा जाँदै गर्दा पूनः एक युवाले उनकै अगाडि 'बैंकको मिटर ब्याज मिनाह गर्' भन्दै नारा लगाएका थिए।
ती
युवालाई पनि प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो।
- न्युज बहार संवाददाता