पुस २३, काठमाडौँ । दोस्रो पटक त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । सोमबार दोस्रो पटक उपकुलपति छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो ।
पहिलो पटक प्रकाशित दरखास्तको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विज्ञापनमा कसैलाई पनि बन्देज नहुने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार आज पुन: दरखास्त आह्वान गरिएको हो ।
- न्युज बहार संवाददाता