जेठ ७, काठमाडौँ। बागमती प्रदेशमा आज मन्त्रिपरिषद बिस्तार भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषदलाई आज पूर्णता दिने भएका छन्।
जम्कट्टेलले दोस्रोपटक विश्वासको मत प्राप्त गरेको झन्डै दुई महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन्।
यसअघि मन्त्रालय भागबन्डामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच सहमति हुन सकेको थिएन।
तिन सल बिच सहमती भएपछी एकीकृत समाजवादीले पाउने २ मन्त्रालयमा राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साललाई मन्त्री बनाउने टुङ्गो भएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार एकीकृत समाजवादीले दुई मन्त्रालयमा राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साललाई मन्त्री बनाउने टुङ्गो लगेको छ भने
श्रेष्ठले कृषि तथा पशुपंक्षी विकास र लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालय सम्हाल्नेछन
यसैगरी नवनियुक्त मन्त्रीहरूको शपथ आज अपराह्न ३ बजे गर्ने तयारी गरिएको रहेको छ।