चैत
६, काठमाडौँ। बारा र तनहुँमा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने निर्णय निर्वाचन
आयोगले गरेको छ।
चितवन २
सहित बारा २ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय भएको आयोगका
सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन्।
अर्यालले
भने ‘आज बसेको
बैठकले बारा २, चितवन २ र तनहुँ १ मा वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ।’
मंसिर ४
मा भएको चुनावमा बारा २ मा तत्कालीन जसपाका रामसहायप्रसाद यादव, चितवन २ मा रास्वपाका
सभापति रवि लामिछाने, र तनहुँ
१ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधि सभा सदस्य निर्वाचित भएका
थिए।
बारा २
बाट निर्वाचित यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भए, नागरिकता मुद्दामा
लामिछानेको पद सर्वोच्चद्वारा बदर भएको थियो र तनहुँ १ बाट निर्वाचित पौडेल फागुन
२५ मा राष्ट्रपति निर्वाचित भए । यही कारणले गर्दा यि ३ क्षेत्रमा उपनिर्वाचन हुन
लागेको हो।
- न्युज बहार संवाददाता