साउन ११, काठमाडौँ । राष्ट्रिय सभाबाट मिटर व्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ स्वसहमतिले पारित भएको छ ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको विधेयक राष्ट्रिय सभाबाट पुनः स्वसहमतिले पारित भएको हो।
उक्त विधेयक अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि जानेछ।
- न्युज बहार संवाददाता