बैशाख २२, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज २५६७ औँ बुद्ध जयन्तीको अवसरमा विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन्।
राष्ट्रपति पौडेलले आज बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै गौतम बुद्धले प्रतिपादन गरेको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन्।
- न्युज बहार संवाददाता