Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बालकृष्ण खाणको पेसी न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा

  •   ३ वर्ष अघि | २८ मंसिर २०८०, बिहिबार

मंसिर २८, काठमाडौँ । पूर्वमन्त्री बालकृष्ण खाणको नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निवेदनमाथि आज सुनुवाइ तोकिएको छ । उच्च अदालत पाटनले उक्त निवेदनमाथी आज बिहीबारलाई पेसी तोकेको हो । उच्च अदालत पाटनमा यसअघि दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएपछि अहिले तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि पेसी तोकिएको हो ।

आज बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ हुने भएको छ । यसअघि पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो । 

  • न्युज बहार संवाददाता

थप