बैशाख १४, काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बिहीबार दिउँसो १ बजेर १ मिनेटमा नयाँबानेश्वर स्थित सङ्घीय संसद् भवनमा राष्ट्रिय सभा बैठक बस्न लागेको हो।
आज बस्न लागेको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची रहेको छ ।
साथै संसद् सचिवालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची समेत रहेको जनाएको छ ।
- न्युज बहार संवाददाता