भदौ ६, काठमाडौँ । दलहरुबीच दुईबुँदे सहमति भएको छ । प्रमुख दलहरुबीच संसदको गतिरोध अन्त्यका लागि दुईबुँदे सहमति भएको हो ।
आज प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राप्रपाका नेताहरु उपस्थित भएका थिए ।
दुई बुँदे सहमतिको मस्यौदा तयार भएको बैठकमा सहभागी एक नेताले बताएका छन । उक्त सहमतिमा केही समयमा औपचारिक रुपमा हस्ताक्षर हुनेछ ।
- न्युज बहार संवाददाता