चैत ५,
काठमाडौँ। आज चैत ५ गते आइतबार त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन
प्राप्त क्याम्पसहरूमा स्ववियु चुनाव हुने भएको छ।
बिहान ८ बजेदेखि
अपराह्न ४ बजेसम्म विद्यार्थी मतदाताले प्रतिनिधि चयनका लागि मतदान गर्ने समय तोकिएको
छ।
सर्वसम्मत नेतृत्व चयन
भएका क्याम्पसमा आज मतदान हुँने त्रिविअन्तर्गत स्ववियु निर्वाचन तथा अनुगमन समिति
सदस्य सचिव पशुपति अधिकारीले बताएका छन।
विद्यार्थी संगठनहरूको
सहमतिमा २ आंगिक क्याम्पससहित केही सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु
कार्यसमिति चयन गरिएको थियो।
सत्ता गठबन्धन दलका
भ्रातृ विद्यार्थी संगठनले गठबन्धन गरेर क्याम्पसहरू भागबन्डा गरी काठमाडौं
उपत्यकाभित्र उम्मेदवार उठाएका छन्।
त्यस्तै उपत्यकाबाहिर
भने केही क्याम्पसबाहेक अन्यत्र विद्यार्थी संगठनहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा हुने
छ। २०६५ साल देखि स्ववियु चुनाव हुन सकेको थिएन जुन
अहिले हुदैछ।
- न्युज बहार संवाददाता