बैशाख ११, काठमाडौँ । आज सोमबारदेखि सिंहदरबार भित्रको फोहोर उठ्न थालेको छ ।
सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि महानगरले सोमबारदेखि सिंहदरबारको फोहोर उठउन थालेको हो ।
काठमाडौँका मेयर बालेन्द्र साह(बालेन)ले फोहोर व्यवस्थापन गर्ने परिवर्तन नेपाल कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर दरबार भित्र नै थुप्रिएको थियो।
- न्युज बहार संवाददाता