साउन
१७, काठमाडौँ । आज अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्।
बुधबार
बिहान उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको डिएसपी अनिल अधिकारीले
जानकारी दिएका हुन।
अहिले उनको
बयान भइरहेको प्रहरीले जनाएको छ।
अधिवक्ता
पाण्डे माथि मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे अभिव्यक्ति दिएको आरोप लागेको
छ ।उनले
एक टेलिभिजन अन्तर्वार्ताका क्रममा केही दिन अघि मगर, मुस्लिम, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच
विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।
उक्त अभिव्यक्ति
पछी उनीविरूद्ध परिसरमा जाहेरी समेत परेको थियो ।
यसै
विषयमा आज अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै तामाङ कलाकारहरुले प्रहरी
कार्यालय घेराउ गर्न पुगेका थीए । सोही क्रममा २८ जना पक्राउ समेत परेका छन ।
- न्युज बहार संवाददाता