चैत
९, काठमाडौँ। आज लोकतान्त्रिक समाजवादी पार्टीले पार्टीको बैठक बोलाएको छ। बैठकमा सरकारमा
सहभागिता र वैशाख १० मा हुने उपनिर्वाचनलगायत विषयमा छलफल हुने छ।
आज बस्ने
बैठकमा उपनिर्वाचन, सरकारमा सहभागिता, सङ्गठन विस्तार लगायतका विषयमा छलफल
हुने पार्टी कार्यकारिणी समिति सदस्य केशव झाले बताएका छन।
वैशाख १०
मा बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा लोसपाले उम्मेदवारी दिने तयारी
गरिरहेको छ।
यस
क्षेत्रमा उम्मेदवार हुन पार्टीबाट नवलकिशोर सिंहलगायतको चर्चा भइरहेको छ। तर साझा
उम्मेदवार सत्ता गठबन्धनबाट तय गर्न सहमति बनेमा पार्टीबाट उम्मेदवारी दिने कि
नदिने भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुनेछ।
- न्युज बहार संवाददाता