साउन १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ ।
आज सोमबार प्रधानमन्त्री प्रचण्ड र रास्वपा प्रमुख सचेतक परियारबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
रास्वपा सचेतक परियारले आजको भेटमा संसदीय समितिका सभापति चयन, संसद अवरोध र सरकारले चालेको भ्रष्टाचार नियन्त्रणका विषयमा छलफल भएको बताएका छन ।
- न्युज बहार संवाददाता