बैशाख १२, पोखरा। गण्डकी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि आह्वान भएको छ।
नयाँ सरकार गठनका लागि गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले दलहरूलाई आह्वान गरेका हुन्।
बैशाख १४ गते अपरान्ह ४ बजेसम्म नयाँ सरकार गठनका लागि दलहरूले जानकारी गराइसक्नुपर्ने हुन्छ।
गण्डकीमा गत शनिबार नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो। प्रदेशसभावाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री अधिकारी पदमुक्त भएका हुन।
अब गठबन्धनबाट सरकार बन्ने सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता