साउन ३१, काठमाडौँ । ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्ट पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट साउन २ गते समातिएको ६० किलो सुन प्रकरणमा मुछिएको छ ।
सुन प्रकरणमा केटीबी काराओके रेष्टुरेन्ट मुछिएपछि यसका दुई सञ्चालकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।
मंगलबार बेलुकी पाटनको डाउन टाउन अपार्टमेन्टमा छापा हानेर चार चिनियाँ नागरिकलाई सीआईबीले पक्राउ गरेको थियो । तीमध्ये वीन तोङ र तियान मी रेष्टुरेन्ट सञ्चालक भएको पाइएको छ
- न्युज बहार संवाददाता