बैशाख १०, बारा । बारा क्षेत्र नम्बर दुईमा आज भइरहेको उपनिर्वाचनमा देवताल गाउँपालिका वडा नं. २ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जनाएको छ भने मतदान जारी छ ।
- न्युज बहार संवाददाता