मंसिर २७, काठमाडौँ । नेपाल प्रहरीले भिजिट
भिसामा नक्कली कागजपत्र बनाएर विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरेको छ ।
नेपाल
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ट्राभल एजेन्सी सञ्चालक र
सरकारी कर्मचारीसहित गरी ३२ जनालाई पक्राउ गरेको हो ।
यो
प्रकरणमा ६ जना कन्सल्टेन्सी सञ्चालक, १ जना पूर्वप्रहरी, १ जना प्रहरी, २ जना एयरलाइन्सका र अन्य विभिन्न
सेटिङमा संलग्नता रहेको व्यक्तिहरु ११ जना रहेका छन् ।
बुधबार
आयोजित पत्रकार सम्मेलनमा गत असोज १९ गतेदेखि हालसम्म नक्कली कागजपत्र बनाएर भिजिट
भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि
बढाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक
सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन ।
उनका
अनुसार आज मात्रै थप ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
उनले १२
जनामाथि लिखत सम्बन्धी कसुर र ९ जनामाथि संगठित अपराधमा अनुसन्धान भइरहेको पनि
जानकारी दिएका छन । यी मध्ये धरौटीमा ८ जना छुटिसकेका छन् ।
प्रहरी
नायव उपरीक्षक गोविन्द पन्थीका अनुसार पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका कर्मचारी होम
पोखरेल र अरविन यादवका साथै अध्यागमन विभागका अधिकृत नरविर खड्का रहेका छन् ।
- न्युज बहार संवाददाता